कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

सिमलतालमा ट्रक दुर्घटना, गाईघाटमा माइक्रोबसले पैदलयात्रीलाई ठक्कर दियो 

भाद्र ३०, २०८१
सिमलतालमा ट्रक दुर्घटना, गाईघाटमा माइक्रोबसले पैदलयात्रीलाई ठक्कर दियो 

चितवन — नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सिमलतालमा आइतबार बिहान ट्रक दुर्घटना भएको छ ।

ना ६ ख ६२८३ नम्बरको ट्रक दुर्घटना भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी सोही सडक खण्डको गाइघाटमा कावासोतीबाट काठमाडौं जाँदै गरेको प्र ३–०१–००५ ख ९७६६ नम्बरको माइक्रोबसले पैदलयात्रीलाई ठक्कर दिएको छ ।

बिहान ६ बजे माइक्रोबसले सडक पार गर्दै गरेका तनहुँ आँबुखैरहनी गाउँपालिका–५ का ४१ वर्षीय सुकलाल गुरुङलाई ठक्कर दिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए । उनको अवस्था गम्भीर छ ।

गुरुङको टाउको र खुट्टामा चोट रहेको डीएसपी रिजालले जानकारी दिए । उनको चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सिमलतालमा भएको ट्रक दुर्घटनाका बारेमा विस्तृत विवरण आइनसकेको डीएसपी रिजालले बताए ।


प्रकाशित : भाद्र ३०, २०८१ ०७:४९
×