कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

दोलखामा जिप दुर्घटना हुँदा ५ जना घाइते

भाद्र ३०, २०८१
दोलखामा जिप दुर्घटना हुँदा ५ जना घाइते

दाेलखा — दाेलखाकाे गाैरीशंकर गाउँपालिका–४ झ्याकुमा बोलेरो जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । बा २० च ७२६६ नम्बरको बोलेरो दाेलखा आइतबार साँझ दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएका हुन् ।

दुर्घटनामा चालक मिङमार शेर्पा, पसि शेर्पा, काली शेर्पा, अन्तु शेर्पा र अन्तु शेर्पाकै बुहारी घाइते भएका प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । घाइतेहरूलाई उद्वार गरी सिंगटी प्राथमिक अस्पतालमा ल्याइएको छ ।

बोलेराे जिप अनियन्त्रित भएर वडा कार्यालय नजिकै दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित : भाद्र ३०, २०८१ १९:३५
×