कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पिकअपको ठक्करले साइकल यात्रीको मृत्यु

भाद्र २९, २०८१
पिकअपको ठक्करले साइकल यात्रीको मृत्यु

चितवन — नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-१ रामनगर ओरालाे नजिक शनिबार दिउँसाे बससँग ठाेक्किएर अनियन्त्रित भएकाे पिकअप भ्यानले ठक्कर दिँदा साइकल यात्रीकाे मृत्यु भएको छ ।

मृत्यु हुनेमा चितवन भरतपुर महानगरपालिका-१ रामनगरका ६४ वर्षीय राम थापा रहेकाे चितवन जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

दिउँसाे चार बजेर २० मिनेट जाँदा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र ०१-०२६ च ५५१९ नम्बरको पिकअप भ्यान नारायणगढबाट मुग्लिनतर्फ गइरहेकाे ग २ ख ८५५ नम्बरकाे बससँग ठाेक्किएकाे थियाे । त्यसपछि अनियन्त्रित भएकाे पिकअप भ्यान साइकलसँग ठाेक्किएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए ।

गम्भीर घाइते भएका साइकलयात्री थापालाई उपचारका लागि भरतपुरकाे सरकारी अस्पताल पुर्‍याएकामा त्यहाँका चिकित्सकले पाँच बजेतिर थापालाई मृत घाेषणा गरेकाे डीएसपी रिजालले बताए ।

प्रकाशित : भाद्र २९, २०८१ १८:४९
×