कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

खोलाले बगाएर बेपत्ता भएका माझीको शव चार दिनपछि फेला

भाद्र २५, २०८१

हेटौंडा — खोलाले बगाएर बेपत्ता भएका अक्कले माझी मृत फेला परेका छन् । माझीको शव सोमबार  अपरान्ह बाराको कोल्हवी नगरपालिका–२ स्थित बकैया खोलाको बगरमा मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय निजगढ बाराबाट टोली खटी गई कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागी प्रादेशिक अस्पताल कलैया पठाइएको थियो ।

उक्त शव रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडिबेला टोल बस्ने अन्दाजी वर्ष–४२ का अक्कले माझीको रहेको भनी मृतकका बाबु भिमार माझीले सनाखत गरी बुझिलगेको इलाका प्रहरी कार्यालय कोहल्वीलाई उद्धृत गरी जिल्ला मकवानपुर प्रहरी कार्यालयले जानकारी दिएको छ ।

माझीलाई गत शुक्रबार बकैया गाउँपालिका–६ जुइनास्थित ससुराली जाने क्रममा बकैया खोलाले बगाएको थियो । उनी निर्माणाधीन काठमाडौं–मधेश–तराई द्रुत मार्गअन्तर्गत बकैया–६ स्थित जसपाल खण्डमा काम गर्दै आएका थिए ।

प्रकाशित : भाद्र २५, २०८१ ०९:५४
×