कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भाद्र २१, २०८१
म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हेटौंडा — हेटौंडा उपमहानगरपालिका–११, थानाभर्याङस्थित राप्तीपुलमा म्याजिक गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा परी थानाभर्याङका २६ वर्षीय श्रीराम परियारको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।

शुक्रबार अपरान्हको समयमा पूर्व–पश्चिम सडकखण्ड अन्तर्गत राप्तीपुलमा नवलपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना १५ प ४१५७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ज ०२५७ नम्बरको म्याजिकको ठक्करबाट मोटरसाइकल चालक परियार गम्भीर घाइते भएका थिए ।

टाउको र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका परियारलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् । प्रहरीले म्याजिक चालकलाई नियन्त्रणमा लिएको छ ।

उनको शव हेटौंडा अस्पतालमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र २१, २०८१ २०:३५
x
×