कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

भाद्र १७, २०८१
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

हेटौँडा — भीमफेदी-कुलेखानी सडक अन्तर्गत पर्ने भीमफेदी गाउँपालिका-६ जुरिखेतमा सोमबार अपरान्ह भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ  । मोटरसाइकल पछाडि सवार घाइते भएका छन्।  

काठमाडौंबाट हेटौँडातर्फ आइरहेको प्र २-००३-११ प ३४७४ नम्वरको मोटरसाइकल जुरिखेत ११ घुम्तीमा दुर्घटना हुुुुुुुुँदा वीरगन्ज महानगरपालिका-१५ लक्षुमन्वा घर भएका मोटरसाइकल चालक ४० वर्षीय वृतनारायण यादवको मृत्यु भएको हो ।

हेटौँडा अस्पतालमा उपचार गर्ने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले बताए । मोटरसाइकल पछाडि सवार भएका बारा फेटा गाउँपालिका-७ का ३६ वर्षीय रमेश पाण्डेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

तीव्रगतिमा आएको मोटरसाइकल सडकबाट ५ सय मिटर तल खसेको थियो । मोटरसाइकल पुर्णरुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र १७, २०८१ २०:०२
x
×