कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

पहिरोले विद्यालय भवनमा क्षति 

भाद्र १२, २०८१
पहिरोले विद्यालय भवनमा क्षति 

Highlights

  • एउटै कोठामा २ वटा कक्षाका विद्यार्थी

हेटौँडा — पूर्वी मकवानपुरको बकैया गाउँपालिका- १२, कोलखोपस्थित श्री प्राथमिक विद्यालयको भवन भत्किएको छ । मंगलबारको अविरल वर्षासंगै माथिबाट पहिरो खस्दा विद्यालयको भवन भत्किएको हो ।

पहिरोले इँट्टा, सिमेन्ट र जस्ताले बनेको भवनको दुई वटा कोठा भत्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले कोठाभित्र रहेको फर्निचर र फाइलहरु पूर्णरुपमा क्षति भएको र भवनसँग जोडिएको शौचालयमा समेत आंशिक रुपमा क्षति भएको जनाएको छ ।

विद्यालय भवनको २ वटा कोठा पूर्णरुपमा क्षति भएपछि उक्त कक्षा कोठामा अध्ययन गर्ने छात्रछात्राहरुलाई कक्षा ४ र ५ कक्षाको कोठामा राखेर पढाउने गरिएको प्रधानाध्यापक निरुता चौलागाईले बताइन् ।पहिरोले क्षति पुर्‍याएको २ वटा कोठामा २ र ३ कक्षाका विद्यार्थीहरु अध्ययन गर्थे ।

'पहिरोको कारण विद्यार्थीहरु त्रसित छन् । तैपनि पढ्न आएका छन्,' उनले भनिन् । शिशु कक्षादेखि ५ कक्षासम्म पठनपाठन हुने उक्त विद्यालयमा ५० जना छात्रछात्राहरु अध्ययन गर्छन् । तीमध्ये ४९ जना तामाङ समुदायका बालबालिकाहरु अध्ययनरत छन् भने एक दलित समुदायका बालक छन् ।

प्रकाशित : भाद्र १२, २०८१ १६:५०
x
×