कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

बाढीका कारण अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध

भाद्र १२, २०८१
बाढीका कारण अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध

सिन्धुपाल्चोक — अविरल वर्षापछिको बाढीका कारण बुधबार अरनिको राजमार्गअन्तर्गत जुरे खण्ड अवरुद्ध बनेको छ । सीमाक्षेत्र तातोपानी र बाह्रबीसेबाट काठमाडौं हिडेका दुई दर्जनभन्दा बढी यात्रुबस, बोलेरो, कन्टेनरजस्ता सवारीसहित यात्रु जुरे पहिरो क्षेत्रमा अलपत्र परेका छन् ।

यँहाका स्थानीयले सुरक्षाकर्मी र जनप्रतिनिधिलाई हारगुहार मागिरहेका छन् । 'ग्रेगान थुप्रिएर जुरे खण्डको बीचमा अवरोध बनाएको छ, माथिल्लो भेगबाट वर्षात्‌ले उर्लिएर आएको ठाडो खोला सडकमाथिबाट बग्दै कटान गरिरहेको छ, 'बलेफी गाँउपालिकाको लामोसाँघु बजार हिँडेका सुनकोसी क्याम्पसका प्रमुख कृष्ण आचार्यले भने ।

उनका अनुुसार काठमाडौं हिँडेका यात्रु बाटोमै अलपत्र परेका छन् भने केही स्थानीय जोखिम मोल्दै ठाडो खोलामा हेलिएर यात्रा गरिरहेका छन् ।


प्रकाशित : भाद्र १२, २०८१ १५:४७
x
×