कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

सिन्धुलीमा पहिरोले मदन भण्डारी राजमार्ग अवरुद्ध

भाद्र ११, २०८१
सिन्धुलीमा पहिरोले मदन भण्डारी राजमार्ग अवरुद्ध

सिन्धुली — मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-४ को हाक्पारामा पहिरो खस्दा मंगलबार बिहानबाट सडक अवरुद्ध बनेको छ । लेदो र ढुङ्गासहितको करिब ५० मिटर लामो पहिरो खसेकाले अवरुद्ध सडक खुल्न समय लाग्ने प्रहरीले जनाएको छ ।

पालिकाको सहयोगमा डोजर लगाएर पहिरो पन्छाउने काम भइरहेको छ । एउटा मेशिनले मात्र पहिरो हटाउन कठीन भएपछि अर्को ल्याउनका लागि कुरा भइरहेको ४ नं वडाका वडाध्यक्ष कमलकुमार राईले जानकारी दिए । सडक अवरुद्ध बनेपछि सयौं सवारी साधन बाटामै अलपत्र परेका छन् ।


प्रकाशित : भाद्र ११, २०८१ १५:३७
x
×