कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

डेंगी संक्रमितको संख्या ५० पुग्यो

भाद्र १०, २०८१
डेंगी संक्रमितको संख्या ५० पुग्यो

काभ्रे — पछिल्लो २४ घण्टामा काभ्रेमा थप दुई जनामा डेंगी संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार थप दुई जनामा डेंगी संक्रमण पुष्टि भएसँगै काभ्रेमा डेंगी संक्रमितको संख्या ५० पुगेको हो ।

श्रावण १ गतेदेखि भदौ १० गतेसम्ममा जिल्लामा २३ जना पुरुष र २७ जना महिला गरी ५० जनामा डेंगी संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयकी प्रमुख रागीश्री कक्षपति श्रेष्ठले जानकारी दिइन् ।

काभ्रेको १३ वटा स्थानीय तहमध्ये तुलनात्मक रुपमा बनेपा, पनौती र धुलिखेल नगरपालिकामा धेरै संक्रमित रहेको कार्यालयबाट प्राप्त विवरणमा उल्लेख छ । कार्यालय प्रमुख कक्षपति श्रेष्ठका अनुसार, धुलिखेल नगरपालिकामा ५ जना महिला र ५ जना पुरुष, बनेपा नगरपालिकामा ४ जना पुरुष र ७ जना महिला, पनौती नगरपालिकामा ४ जना पुरुष र ६ जना महिला र पाँचखाल नगरपालिकामा २ जना महिलामा डेंगी संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, नमोबुद्ध नगरपालिकामा १ जना पुरुष र २ जना महिला, मण्डनदेउपुर नगरपालिकामा १ जना पुरुष, भुम्लु गाउँपालिकामा ३ जना पुरुष र ४ जना महिला, रोशी गाउँपालिकामा ३ जना पुरुष र तेमाल गाउँपालिकामा १ जना पुरुषलाई डेंगी भएको छ ।

प्रकाशित : भाद्र १०, २०८१ २०:४६
x
×