कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

चट्याङ लागेर एक जनाको मृत्यु

भाद्र १०, २०८१
चट्याङ लागेर एक जनाको मृत्यु

सिन्धुली — सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-१ शिखरकी ४० वर्षीय छलिमायाँ थिङको चट्याङ लागेर सोमबार मृत्यु भएको छ ।

खेतमा धान गोडिरहेकी थिङलाई चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको सिन्धुली प्रहरीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए ।

चट्याङ लागेर घाइते भएका सोही गाउँपालिका-१ की ४० वर्षीय लुकुमायाँ रुम्वा र उनकी छोरी १८ वर्षीय सुशीला रुम्वाको मकवानपुर जिल्लाको लामा पोलिक्लिनक्समा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र १०, २०८१ २०:११
x
×