कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७६

बनेपामा कन्या पूजा

भाद्र १०, २०८१
बनेपामा कन्या पूजा

काभ्रे — काभ्रेको बनेपामा हजारौं कन्याहरु एकसाथ पुजिएका छन् । कृष्ण जन्माष्टमीको सन्दर्भमा विगत वर्षहरूझैँ यो वर्षपनि बनेपामा सनातन कन्या पूजा प्रबन्ध समितिमार्फत कन्याको पूजा गरिएको हो ।

कन्या पूजामा करिब ७५ सय कन्या पुजिएको समितिका सचिव सुरकृष्ण वैद्यले बताए । उनका अनुसार, कन्याको पूजाका साथै उनीहरुलाई प्रसादस्वरुप समितिले स्वारी र पुरी प्रदान गर्दछ भने अन्य व्यक्तिहरुले पैसा, छोकडा, काजु, चकलेट, बिस्कुट, चाउचाउ, फ्रुटी लगायतका खानेकुरा दिएर कन्याहरुको पूजा गरेका छन् ।

कन्या–पूजामा प्रतिकन्या करिब ४ सय रुपैयाँ बराबरका सामाग्रीहरु उपलब्ध गराइएको समितिका सचिव वैद्यले बताए । उनका अनुसार, दाताको सहयोगबाहेक अन्य खर्च समितिले नै गर्दै आएको छ । कन्याहरुको पूजा गर्दा उनीहरुमा सुख, शान्ति, समृद्धिका साथै निरोगी हुने जनविश्वास छ ।

साथै, पूजा गर्ने व्यक्तिलाई समेत राम्रो हुने विश्वासले हरेक वर्ष कन्याको पूजा गर्ने प्रचलन रहेको छ । यहाँ कन्या पूजा गर्ने करिब १२२ वर्ष पूरानो इतिहास रहीआएको उनले बताए ।

प्रकाशित : भाद्र १०, २०८१ १७:१२
x
×