कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

मकवानपुरगढीमा किशोर मृत भेटिए

भाद्र २६, २०८१

हेटौंडा — मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका एक किशोर बुधबार मृत फेला परेका छन् । मकवानपुरगढी-६ सरमपुरमा स्थानीय १७ वर्षीय शीरबहादुर रुम्बा मृत भेटिएका हुन् ।

बेंसीमा रहेको घरबाट डाँडामा रहेको अर्को घरमा जाने क्रममा खेतको आलिको बाटोबाट लडेर मृत्यु भएको प्रहरीको अनुमान छ । प्रहरीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले रुम्बाको शव हेटौंडा अस्पतालमा पोस्टमार्टमपछि आफन्तले बुझेर लगेको जनाए ।

प्रकाशित : भाद्र २६, २०८१ १७:२५
×