कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

हजुरआमाको हत्या गरेको आरोपमा नाति पक्राउ

भाद्र १०, २०८१

हेटौंडा — हजुरआमाको हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीय नाति प्रवीन विश्वकर्मालाई पक्राउ गरेको छ । 

हेटौँडा उपमहानगरपालिका-११ पाथीभरा मन्दिर नजिक घर भएकी ७१ वर्षीया ठूलीमाया विश्वकर्माको घरको कोठामा नै मृत अवस्था प्रहरीले फेला पारेको थियो । स्थानीयले खबर गरेपछि प्रहरी घरमा पुग्दा उनलाई मृत अवस्थामा फेला पारेको थियो ।

मृत ठूलीमायाको दुवै कानबाट रगत बगेको थियो । उक्त घरमा नाति प्रवीन र हजुर आमामात्र बस्दै आएका थिए । प्रारम्भिक अनुसन्धानको क्रममा नातिले हत्या गरेको हुन सक्ने अनुमान प्रहरीको छ । नाति प्रवीन मादक पदार्थ सेवन गरेर हजुरआमासँग बेला-बेलामा झगडा गर्ने गरेको छिमेकीहरुले बताएका छन् ।

प्रकाशित : भाद्र १०, २०८१ १६:३२
x
×