कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७६

क्वार्टरमा आगलागी भएपछि होटेलमा बस्दै वाग्मतीका मन्त्री ठकुरी

भाद्र १०, २०८१
क्वार्टरमा आगलागी भएपछि होटेलमा बस्दै वाग्मतीका मन्त्री ठकुरी

हेटौडा — वाग्मती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीको हेटौंडा–९ स्थित निवासमा आगलागी भएपछि होटेलमा सरेका छन् ।

मन्त्री निवासको माथिल्लो तलाको सभाहलमा बिजुलीको तार सर्ट भएर आइतबार साँझ ७ बजेर ४० मिनेटमा आगलागी भएको थियो ।

मन्त्री ठकुरीले आफू निवासमा पुगेर आराम गर्दै गर्दा बिजुलीको स्विच बोर्डबाट स्पार्क भएको जनाए । मन्त्री ठकुरीले आगलागीबाट कार्पेट र केही इलेक्ट्रोनिक सामान जलेको बताए ।

आगलागीबाट इन्भर्टरको चार थान ब्याट्री, इन्भर्टरको पावर सप्लाई बक्स १ थान, इन्टरनेट राउटर १ थान, कार्पेट र गलैंचा, जिप्सन बोर्डमा क्षति भएको प्रहरीले जनाएको छ ।

प्रदेश सरकारले अहिलेसम्म हेटौंडामा स्थायी संरचना नबनाएकाले अन्य मन्त्री र सचिवहरू विभिन्न स्थानमा कोठा भाडामा लिएर बसेका छन् ।

प्रकाशित : भाद्र १०, २०८१ ०७:५४
x
×