कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

भिक्षुलाई कुटपिट गरी लुटपाट गर्ने एक जना पक्राउ 

भाद्र ९, २०८१
भिक्षुलाई कुटपिट गरी लुटपाट गर्ने एक जना पक्राउ 

काभ्रे — भिक्षुलाई कुटपिट गरी लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेची नगरपालिका-९ का २० वर्षीय आदित्य श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । 

श्रेष्ठले भदौ ६ गते काभ्रेको धुलिखेल नगरपालिका-७ स्थित भीमसेन स्थानमा रहेको बौद्ध विहारका ८४ वर्षीय भिक्षु गुणघोषलाई कुटपिट गरी मुखमा कपडा कोची, लडाइ डोरीले बाँधेर नगदसमेत चोरी गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राज कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सो घटना बारेमा प्रहरीलाई जानकारी भए लगत्तै घाइतेलाई उपचारको लागि धुलिखेल अस्पताल पठाएको र हाल सोही अस्पतालमा उपचार भइरहेको छ । कुटपिट गरी चोरीमा संलग्न रहेका आदित्यलाई भदौ ७ गते धुलिखेल नगरपालिका-७ स्थित होटल हिल्स् हेभनबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

उनको साथबाट एक लाख ६५ हजार ८९० रुपैयाँ समेत बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका आदित्यमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा काभ्रेपलान्चोक अदालतबाट दिन ७ म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ९, २०८१ २०:४५
x
×