कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

आँबुखैरेनी दुर्घटना : भरतपुरबाट शव लिएर गयाे भारतीय विमान

भाद्र ८, २०८१
आँबुखैरेनी दुर्घटना : भरतपुरबाट शव लिएर गयाे भारतीय विमान

चितवन — भारतको पश्चिम बंगाल पानागढबाट भरतपुर आएकाे भारतीय सेनाकाे विमान शनिबार २५ शव लिएर उडेको छ । शुक्रबार दुर्घटनामा ज्यान गुमाएका २७ मध्ये २५ जनाको शव उक्त विमानले लगेको हो । अन्य दुई जनाको शव भने सडकमार्गबाट गोरखपुर पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

उक्त विमान भरतपुरबाट शुक्रबार साँझ ५ बजेर ८ मिनेटमा भारत महाराष्ट्र राज्यकाे नासिकतर्फ उडेकाे छ ।

प्रजिअ यादवका अनुसार दुर्घटनामा मृत्यु हुनेमध्ये २५ जना महाराष्ट्रकाे जलगाउँ जिल्लाका हुन् । बाँकी दुई जना मृतक बसका चालक, सहचालक गाेरखपुरका हुन् ।

भरतपुरमा भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खाड्से र महाराष्ट्रका विधायक सञ्जय शुभकरे पनि आएका थिए । उनीहरू पनि साेही विमानमार्फत फर्केका छन् ।

प्रकाशित : भाद्र ८, २०८१ १७:२१
x
×