हेटौंडा — हेटौंडास्थित राप्ती खोलाले बगाएर बिहीबार एक युवकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका—१० स्थित राप्ती खोलाले बगाएर हेटौंडा उपमहानगरपालिका—१ का ३० वर्षीय राजु पन्तको मृत्यु भएको हो ।
हेटौंडा उपमहानगरपालिका–१ स्थित तरकारी बजारबाट पारीतर्फ राप्ती खोला तरेर जान लाग्दा खोलाले बगाएर उनलाई राप्तीको पुलसम्म पुर्याएको थियो । तत्कालै स्थानीय र प्रहरीले उद्धार गरेर हेटौंडा अस्पताल ल्याएका थिए ।
अस्पतालका चिकित्सकले तत्काल नै मृत घोषणा गरेको प्रहरी उपरीक्षक सीताराम रिजालले बताएका छन् । पन्त हेटौंडास्थित तरकारी बजारमा लोडअनलोड गर्ने कार्य गर्दै आएका थिए ।