कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

फास्ट ट्र्याकको सुरुङ खन्नेक्रममा एक मजदुरको मृत्यु, एक घाइते 

श्रावण ९, २०८१
फास्ट ट्र्याकको सुरुङ खन्नेक्रममा एक मजदुरको मृत्यु, एक घाइते 

हेटौँडा — बकैया गाउँपालिका-१२ चालिसेडाँडा स्थित फास्ट ट्र्याकको सुरुङमार्ग भित्र काम गर्ने क्रममा ढुंगाले लागेर एक युवकको बुधबार मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् ।

सुरुङ मार्ग भित्रै काम गर्ने क्रममा मृत्यु हुनेमा बाराको निजगढ घर भई हाल बकैया गाउँपालिका-१२ मा बस्ने २७ वर्षीय बिमल थिङ रहेका छन् ।

थिङसँगै काम गर्ने तनहुँका २८ वर्षीय राजु विकको ढाँड र कम्मरमा गम्भीर चोट लागेर घाइते भएका छन् । उनको उपचार हेटौँडास्थित चुरेहिल अस्पतालमा भइरहेको छ ।

सुरुङ खन्ने क्रममा माथिबाट ढुंगा र माटोको ढिस्को खसेको थियो ।

प्रकाशित : श्रावण ९, २०८१ २०:२६
x
×