कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

करेन्ट लागेर युवकको मृत्यु

श्रावण ४, २०८१

हेटौंडा — वायरिङ गर्ने क्रममा करेन्ट लागेर एक युवकको शुक्रबार मृत्यु भएको छ । मकवानपुर वाग्मती गाउँपालिका—९ वेतिनीका २० वर्षीय युवक रामराज बम्जनको करेन्ट लागेर मृत्यु भएको हो ।

मकवानपुर वकैया गाउँपालिका—४ माझीखोलास्थित नेपाल प्रेम चर्चको भवनमा वायरिङ गर्ने क्रममा एक्कासी करेन्ट लागेर बम्जन बेहोस भएका थिए । उपचारको क्रममा उनको हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।


प्रकाशित : श्रावण ४, २०८१ २०:२०
x
×