कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

अस्पतालमा औषधि दानपात्र

श्रावण ४, २०८१
अस्पतालमा औषधि दानपात्र

हेटौंडा — हेटौंडा अस्पतालमा औषधि दानपात्र राखिएको छ । अस्पतालले शुक्रबारदेखि औषधि दानपात्र राखेको हो । अस्पतालको दानपात्रमा इच्छा लागेको व्यक्तिले औषधि दान गर्न सक्ने छन् ।

आफूसँग भएको औषधि, अस्पतालबाट डिस्चार्ज हुँदा बाँकी भएको औषधि दानपात्रमा दान गर्न सकिने अस्पतालले जनाएको छ ।

दान गरिएको सम्पूर्ण औषधिहरू आर्थिक स्थिति कमजोर भएका बिरामीका लागि सहयोग हुने बताइएको छ । अस्पतालले बीमा भएका बिरामीलाई बचेको औषधि दान गर्दा औषधि पाउने व्यक्तिलाई फाइदा हुने अस्पताल प्रशासनको भनाइ छ ।

प्रकाशित : श्रावण ४, २०८१ २१:०१
x
×