कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

बीपी राजमार्गमा बोलेरो दुर्घटना हुँदा १० जना घाइते, तीन जनाको अवस्था गम्भीर

असार २८, २०८१
बीपी राजमार्गमा बोलेरो दुर्घटना हुँदा १० जना घाइते, तीन जनाको अवस्था गम्भीर

सिन्धुली — सर्लाहीबाट काठमाडौं जाँदै गरेको वींगर बोलेरो बीपी राजमार्ग अन्तर्गत सुनकोसी गाउँपालिका-७ भालुखोलामा शुक्रबार दिउँसो दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको  छ ।

घाइतेहरुको शुभजीवन अस्पतालमा खाल्टेमा उपचार भइरहेको छ । चिन्ताजनक अवस्थामा रहेका घाइतेलाइ धुलिखेल पठाउने तयारी भइरहेको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।

प्रदेश २–०३–००१– ज ०१३२ नं को उक्त वींगर अनियन्त्रित भएर सडकबाट करिब ४५ फिट तल खसेको थियो । चालक घाइते रहेको र घाइतेहरुको पहिचान भइनसकेको प्रहरीले जनाएको छ ।

सुनकोसीमा नखसी गाडि पाखामै अडिएकाले ठुलो दुर्घटना हुनबाट जोगिएको थियो ।

प्रकाशित : असार २८, २०८१ १४:०२
x
×