कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

बेथानचोक गाउँपालिकाको सेवा प्रवाह नयाँ प्रशासकीय भवनबाट

असार २७, २०८१
बेथानचोक गाउँपालिकाको सेवा प्रवाह नयाँ प्रशासकीय भवनबाट

काभ्रे — जिल्लाको बेथानचोक गाउँपालिकाले स्थापनाको ७ वर्षपछि नयाँ प्रशासकीय भवनबाट सेवा प्रारम्भ गरेको छ । बिहीबार गाउँपालिका अध्यक्ष भगवान अधिकारीले वडा नम्बर २ ढुंखर्कमा बनेको प्रशासकीय भवन उद्घाटन गरेसँगै सेवा दिन थालिएको हो ।

भवन उद्घाटन गर्दै अध्यक्ष अधिकारीले नयाँ प्रशासकीय भवनबाट जनताले लोकतन्त्रको अनुभूति गर्ने विश्वास व्यक्त गरे ।

उनका अनुसार, निवार्चनको समय गरेको प्रतिबद्धताअनुरुप नै गाउँपालिकाले नयाँ प्रशासकीय भवनबाट सेवा प्रारम्भ गरिएको हो । ‘गाउँपालिकाले सीमित स्रोत र साधनलाई सदुपयोग गर्दै नयाँ प्रशासकीय भवनबाट सेवाको प्रारम्भ गरेको छ,’ अध्यक्ष अधिकारीले भने, ‘यहाँबाट जनताले सहज रुपमा सेवा प्राप्त गर्नुहुन्छ भन्ने विश्वास लिएका छौं ।’ पालिकाले शिक्षा र स्वास्थ्यका क्षेत्रलाई प्राथमिकतामा राखेअनुरुप सोही शाखाको प्रशासनिक कार्यबाटै कार्यालयमा सेवा प्रारम्भ गरेको उनले बताए ।

गाउँपालिकाकी उपाध्यक्ष तारा राणा तिमिल्सनाले अथक् प्रयासपछि गाउँपालिकाले नयाँ प्रशासकीय भवनबाट सेवा शुभारम्भ गरेको बताइन् । यसअघि पालिकाले भाडाको घरबाट सेवा दिँदै आएको थियो ।


प्रकाशित : असार २७, २०८१ १९:५९
x
×