कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

धुलिखेल–खावा सडक खण्डमा ट्रिपर सञ्चालन गर्न निषेध

असार २६, २०८१
धुलिखेल–खावा सडक खण्डमा ट्रिपर सञ्चालन गर्न निषेध

काभ्रे — अरनिको राजमार्ग अर्न्तगत धुलिखेल–खावा सडक खण्डमा ट्रिपर सञ्चालनमा निषेध गरिएको छ । निर्माणाधीन धुलिखेल–खावा सडक खण्डमा वर्षाका कारण सडक क्षति भएको र यसको मर्मत सम्भार कार्य गर्नका लागि सो सडकमा ट्रिपर सञ्चालनमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

वर्षाको सडक हिलाम्मे हुदाँ बुधबार बिहानदेखि नै राजमार्ग सवारी आवगमनमा ठप्प भएको थियो ।

सडकमा यातायातलाई सहज रुपमा सञ्चालन गराउन सडक डिभिजन कार्यालय भक्तपुरले प्रशासन कार्यालय काभ्रेमार्फत जारी गरेको पत्रमा सडक मर्मत कार्य अघि बढाइने र मर्मत कार्य समय अवधिभर सो सडकमा ट्रिपर सञ्चालनमा निषेध गराउनेबारे उल्लेख गरिएको छ ।

अर्को सूचना जारी नभएसम्म सडकमा ट्रिपर सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।



प्रकाशित : असार २६, २०८१ २०:२०
x
×