कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

धुलिखेल-खावा खण्ड हिलाम्य भएपछि अरनिको राजमार्ग अवरुद्ध

असार २६, २०८१
धुलिखेल-खावा खण्ड हिलाम्य भएपछि अरनिको राजमार्ग अवरुद्ध

काभ्रे — अविरल वर्षाका कारण काभ्रेको धुलिखेल नगरपालिका–८ स्थित पकुचामा पहिरो गएर हिलाम्य हुँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ ।

बुधबार बिहान राजमार्गअन्तर्गत धुलिखेल–खावा खण्डमा आएको पहिरोले हिलाम्य हुँदा दुईतर्फी नै यातायात सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

वर्षाका कारण सडक हिलो हुँदा केही सवारी साधन सडकमा फसेका छन् । हिलोमा फसेको सवारी साधन निकाल्न र पहिरो पन्छ्याउन केही समय लाग्ने प्रहरीको भनाइ छ ।

प्रकाशित : असार २६, २०८१ १०:११
x
×