कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

जनकपुरधामका वडाध्यक्ष र सचिव घुससहित पक्राउ

भाद्र २५, २०८१

धनुषा — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुर उपमहानगरपालिका-२४ का वडाध्यक्ष र सचिवसहित तीन जनालाई घुससहित नियन्त्रणमा लिएको छ ।

आयोगको टोलीले वडाध्यक्ष उपेन्द्र सहनी, वडासचिव उपेन्द्र साह र विजय मण्डललाई घुससहित मंगलबार नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र आयोगको कार्यालय बर्दिवासको टोलीले घरबाटो प्रमाणित गरी दिनका लागि सेवाग्राहीबाट लिएको घुससहित वडाध्यक्ष र सचिवलाई नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीबाट उनीहरूले लिएको ४ लाख ५० हजार रुपैयाँ घुसको रकम आयोगको टोलीले बरामद गरेको छ ।

प्रकाशित : भाद्र २५, २०८१ १५:५५
×