कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

महोत्तरीबाट ३ जना फरार प्रतिवादी पक्राउ

भाद्र २५, २०८१
महोत्तरीबाट ३ जना फरार प्रतिवादी पक्राउ

महोत्तरी — महोत्तरी जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका ३ जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही-२ का ४० वर्षीय प्रमोद कापर, गौशला-६ का ७० वर्षीय हरिनन्दन राय र ५३ वर्षीय राम स्वार्थ यादव रहेका प्रहरीले जनाएको छ । 

मंगलबार प्रहरीले पक्राउ परेका ३ जनालाई जिल्ला अदलतमा हाजिर गराएको महोत्तरी प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालले जानकारी दिए । कापरलाई बैंकिङ कसुरमा अदालतले ५० हजार जरिवाना तोकेको थियो भने ज्यान मार्ने कसुरमा राय र यादवलाई २० हजारका दरले जरिवाना विभिन्न मितिमा तोकेको थियो ।

अदालतले मुद्दाको फैसला गरिसक्दा पनि फरार हरेका तिनै जनालाई महोत्तरीबाट खटिएको प्रहरी टोलीले खोजतलास गरी नियन्त्रणमा लिएको जैसवालले बताए ।

प्रकाशित : भाद्र २५, २०८१ २०:११
×