कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

वीरगन्जबाट ४ करोड ८६ लाखभन्दा बढीको भेप बरामद 

श्रावण २५, २०८१
वीरगन्जबाट ४ करोड ८६ लाखभन्दा बढीको भेप बरामद 

पर्सा — पर्सा प्रहरीले शुक्रबार वीरगन्जबाट एक भारतीय नागरिकको कोठाबाट ठूलो परिमाणमा भन्सार छली गरी भण्डारण गरी राखेको भेप (इलेक्ट्रिक चुरोट) बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा शुक्रबार करिब १ बजे वीरगञ्ज महानगरपालिका–६ रेल्वेरोड बस्ने रामप्रसाद बरैको घरमा छापा मारी उनको घरकोठा भाडामा लिइ भारत विहार बस्ने सुदामा प्रसादले अनाधिकृत रूपमा भण्डारण गरी राखेको एल्फबार राया डि ३/ २५००० ब्रान्डको भेप बरामद गरेको हो । ७६ कार्टुनमा प्रतिकार्टुन २ सय थानको दरले जम्मा १५ हजार २ सय थान भेप बरामद भएको छ ।

बरामद भएको भेपको मूल्य करिब चार करोड ८६ लाख २४ हजार ८ सय रुपैयाँ छ । भेपबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी दीपक भारतीले जानकारी दिए ।

उनले चीनमा निर्मित भेप भारत हुँदै नेपाल ल्याइएको वा नेपाल हुँदै भारत लग्न खोजिएको हो भन्ने कुरा अझै नखुलेको बताए । भेप भण्डारण गरेका भारतीय व्यक्ति सुदामाप्रसाद फरार रहेको र उनको खोजतलास भइरहेको छ ।

प्रकाशित : श्रावण २५, २०८१ १७:०९
×