कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पहिरोसँगै खसेको ढुंगाले लाग्दा महिला घाइते 

भाद्र २९, २०८१

ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिका-३ खेसेवामा  पहिरोसहित खसेको ढुंगाले लाग्दा गुडिरहेको जिपमा सवार  एक महिला घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार सदरमुकामबाट फक्ताङलुङतर्फ जाँदै गरेको मे १ ज १३६२ नम्बरको जिपमा सवार फक्ताङलुङ-३ तावाकी निर्मला गुरुङ घाइते भएकी हुन्। उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र २९, २०८१ १७:५३
×