कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

रिजाल भिरको पहिरोले मध्य पहाडी राजमार्गमा सवारी आवागमन ठप्प

भाद्र १९, २०८१
रिजाल भिरको पहिरोले मध्य पहाडी राजमार्गमा सवारी आवागमन ठप्प

पाँचथर — मध्य पहाडी राजमार्गको पाँचथर खण्डअन्तर्गत याङवरक–३ रिजाल भिरमा गएको पहिरोका कारण सवारी आवागमन ठप्प भएको छ ।

मंगलबार दिउँसो वर्षासँगै सडक माथिबाट खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

पहिरोका कारण च्याङथापु र फलैंचाबाट याङवरक गाउँपालिका केन्द्र थर्पु र फिदिम आउनेसँगै फिदिम र थर्पुबाट च्याङथापु र फलैंचा हुँदै सादेवा र कालिखोला जाने सवारी र ढुवानीका साधन रोकिएका छन ।

सो सडकको पाँचथर खण्डअन्तर्गत थर्पुदेखि चिवाभञ्ज्याङको ५१ किलोमिटर खण्डमा समेत धेरै ठाउँमा पहिरो गएको छ । गाउँपालिका अध्यक्ष भीमबहादुर योङयानका अनुसार दिउँसोसम्म सडक खुलाउने प्रयत्न भइरहेको छ ।

प्रकाशित : भाद्र १९, २०८१ ०७:३०
x
×