कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

झापामा फेरि भागे कैदी

भाद्र ३०, २०८१

झापा — झापामा फेरि अर्का कैदी अस्पतालबाटै भागेका छन् । जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका २४ वर्षीय जीवन साह भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालबाट आइतबार बिहान भागेका हुन् ।

यसअघि हत्कडी फुकालेर भागेका इलाका प्रहरी कार्यालय बिर्तामोडका एकजना थुनुवा चार दिनपछि फेला परेका थिए ।

छातीमा समस्या उपचाररत उनी बिहान करिव ३ : ४० बजे अस्पतालको शौचालयबाट भागेका थिए । प्रहरीले उनको खोजी तीव्र पारेको छ । फरार भएको प्रहरीको भद्रपुर नगरपालिका–५ घर भएका साहलाई उपचारका लागि भदौ २५ गते प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो।

प्रादेशिक अस्पतालले रेफर गरेपछि ओमसाई पाथीभरा अस्पतालमा भर्ना गरिएको थियो ।

प्रकाशित : भाद्र ३०, २०८१ १६:४९
×