कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

खोटाङमा स्वास्थ्यकर्मी मृत फेला

भाद्र ३०, २०८१

खोटाङ — साकेला गाउँपालिका–३ खिदीस्थित स्वास्थ्य चौकीका अहेव ३० वर्षीय मणिराज घिमिरे आइतबार बिहान मृत फेला परेका छन् ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ घर भएका घिमिरे शनिबार सुतेको तर बिहान ओछ्यानमै मृत फेला परेका जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । घिमिरे साकेला गाउँपालिका–५ मात्तिम ढकालटारस्थित कृष्णराज ढकालको घरमा डेरा गरी बस्दै आएका थिए ।

उनी पहिलेदेखि नै मुटु रोगी थिए । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइँदै गरेको खड्काले बताए ।

प्रकाशित : भाद्र ३०, २०८१ १६:५२
×