कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

छोरीहरूको हत्या गरी फरार आमा पक्राउ

भाद्र १९, २०८१
छोरीहरूको हत्या गरी फरार आमा पक्राउ

मोरङ — आफ्नै छोरीहरू १ वर्षीया आइंका कार्की र ३ वर्षीया अर्पना कार्कीको हत्या गरी फरार रहेकी सुन्दरहरैचा नगरपालिका-७ मालति टोलकी २१ वर्षीया आमा अस्मिता पौडेललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

सुन्दरहरैँचा नगरपालिका-७ स्थित केरा बगानमा सोही नगरपालिका-७ मालति टोल बस्ने धनकुटा पाख्रीबास नगरपालिका-५ घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरू आईङ्का र अर्पनाको शनिबार दिउँसो शव फेला परेका थियो ।

घटनाका अनुसन्धानको क्रममा अर्जुनकी श्रीमती अस्मितालाई जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापा बिर्तामोड नगरपालिका-५ स्थित पूर्वपश्चिम राजमार्ग छेउ ऐभरेष्ट बैंक अगाडि हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा अस्मिताले शुक्रबार साँझ आफ्नै श्रीमान अर्जुन कार्कीसँग निर्माणाधिन घरमा पानी लगाउने विषयमा वादविवाद भएपछि निजले दुई वटी छोरीहरू साथमा लिई सुन्दरहरैचा नगरपालिका-७ स्थित केरा बगानमा लगि विष सेवन गराई हत्या गरेको खुल्न आएको छ ।

उनीउपर मोरङ जिल्ला अदालतबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : भाद्र १९, २०८१ १७:४५
x
×