कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

मोरङको सुन्दरहरैचामा दुई नाबालिकाको शव फेला

भाद्र १५, २०८१

धनकुटा — मोरङको सुन्दरहरैचामा शनिबार दुई नाबालिका मृत फेला परेका छन् । सुन्दरहरैचा नगरपालिका-७ स्थित केराघारीभित्र ३ र १ वर्षीया नाबालिका मृत फेला परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा धनकुटाको पाख्रिबास नगरपालिका-४ डिकुरेका अर्जुन कार्कीका छोरीहरु ३ वर्षीया आइका र १ वर्षीया अर्पणा रहेको कोशी प्रहरी प्रदेश कार्यालय स्रोतले जनाएको छ ।

उनीहरुलाई केराघारीभित्र मृत अवस्थामा देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यसैगरी, मृतक नाबालिकाहरुकी आमा २९ वर्षीया अस्मिता न्यौपानेसमेत सम्पर्कविहिन छिन् । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, शुक्रबार राति दम्पतीबीच झै-झगडा भएको थियो ।

अस्मिता राति नै दुई छोरीलाई लिएर घरबाट बाहिर हिँडेको जनाइएको छ । अस्मिताका श्रीमान् अर्जुन परिवारका साथ सुन्दरहरैचा-७ स्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएका थिए । घर निर्माण भइरहेको कारण उनी र उनको परिवार दिदीको घरमा रहेका थिए ।

शव नजिकै प्रहरीले मेटासिट नामको विषादी फेला पारेको छ । सम्पर्कविहीन अवस्थामा रहेकी अस्मिताको खोजी र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : भाद्र १५, २०८१ २१:०१
x
×