कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

खोटाङमा बालिका मृत फेला

भाद्र १५, २०८१

खोटाङ — जन्तेढुंगा गाउँपालिका–४ खुटाकी १२ वर्षीया अम्बिका तामाङ मृत फेला परेकी छन् । उनी दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुका शंकर तामाङको घरमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार शंकरको घरमा डेरा गरी शान्ति निकेतन मिनाकर्ण मावि छोरम्बुमा कक्षा ३ मा अध्ययरत बालिका शुक्रबार बेलुकी मृत फेला परेकी हुन् ।

कानुनी प्रक्रिया पूरा गरेर शनिबार बिहान इन्द्रेणीपोखरीस्थित स्वास्थ्य संस्थामा शव पोस्टमार्टमका लागि पठाइएको हो ।


प्रकाशित : भाद्र १५, २०८१ २२:०५
x
×