कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

चट्याङ लागेर एकको मृत्यु

भाद्र १४, २०८१

इनरुवा — यहाँको कोशी गाउँपालिका–४ मा चट्याङ लागेर शुक्रबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ वर्षीय अक्रम मियाँ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार माछा मार्न गएका बेला हावाहुरीसँगै आएको चट्याङ लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज निधन भएको स्थानीय तजमुल मियाँले जानकारी दिए । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको छ ।

अर्का स्थानीय हदिस मियाँ सोही घटनामा घाइते भएका थिए । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : भाद्र १४, २०८१ २२:१४
x
×