कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

पहिरोले खोटाङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध

भाद्र ११, २०८१
पहिरोले खोटाङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध

खोटाङ — पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले र वडा नम्बर ७ महादेवस्थानको बीचमा पर्ने नागी नजिकको जंगलमा तुवाचुङडाँडाबाट झरेको पहिरोले सडक अवरुद्ध भएको हो ।

मंगलबार बिहान ३ बजेतिर झरेको पहिरोले यातायात अवरुद्ध भएको हलेसी तुवाचुङ नगरपालिका–७ का वडाध्यक्ष कमल गिरीले बताए । बिहानैदेखि तीन वटा डोजरले पहिरो पन्छाउने काम भइरहेको उनले बताए । गिरीका अनुसार बाटो खुलाउन अझै दुई–तीन घण्टा लाग्नेछ ।

उक्त ठाउँमा करिब ५० मिटर सडकमा पहिरो थुप्रिएको छ । सडक अवरुद्ध भएपछि एक सयभन्दा बढी सवारी साधन रोकिएका छन् ।

प्रकाशित : भाद्र ११, २०८१ ११:४५
x
×