कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

धरानमा १४ वर्षिया किशोरीको हत्या, आमा घाइते

भाद्र ११, २०८१
धरानमा १४ वर्षिया किशोरीको हत्या, आमा घाइते

सुनसरी — धरानमा एक १४ वर्षिया किशोरीको हत्या भएको छ । उनीकी आमा गम्भिर घाईते भएकी छन् । मंगलबार दिउँसो किशोरीको खुकुरी प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ । उनीहरुलाई संखुवासभा खाँदबारीका बबिन बरालले अन्धाधुन्ध खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट आमा सिर्जना राई र उनकी १४ वर्षीय छोरी गम्भीर घाईते भएका थिए । उनीहरुलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उपचारको क्रममा छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालिकाकी सिर्जनाको उपचार सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने ३३ वर्षीय बराललाई इलाका प्रहरी कार्यलय धरानको टोलीले पक्राउ गरेको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।

प्रकाशित : भाद्र ११, २०८१ १६:०८
x
×