कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७६

ढुंगा झरेर अरूण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

भाद्र १०, २०८१
ढुंगा झरेर अरूण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

संखुवासभा — मकालु गाउँपालिका-५ मा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको 'अडिट टु' मा ढुंगा खसेर एक जना मजदुरको मृत्यु भएको छ ।

बर्दिया ठाकुरबाबा नगरपालिका ९ का ४९ वर्षीय तुलसीराम थारु बाटो बनाउने ग्यालजियमको काम गर्ने क्रममा आइतबार साँझ माथिबाट ढुंगा झरेर घाइते भएका थिए ।

उपचारका क्रममा सोमबार बिहान साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले बताए । हालसम्म अरूण तेस्रोको काम करिब ७५ प्रतिशत सम्पन्न भइसकेको छ ।

प्रकाशित : भाद्र १०, २०८१ १०:००
x
×