कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

बोलेरो दुर्घटना हुँदा दुई बालक घाइते

बोलेरो दुर्घटना हुँदा दुई बालक घाइते

धनकुटा — कोशी राजमार्गको धनकुटा नगरपालिका-६ फोक्लेण्डटापुस्थित बागपाइले खोलामा बोलेरो गाडी दुर्घटना हुँदा दुई बालक घाइते भएका छन् । 

संखुवासभाको मादीबाट इटहरीतफै जाँदै गरेको को १ ज २१३७ नम्बरको गाडी दिउँसो साढे १ बजे ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते बालकहरुको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।

गाडी सडकबाट करिब एक सय मिटर तल खसेको छ । गाडीमा चार बालकसहित नौ जना सवार रहेको चालक राजेन्द्र माझीले बताए । ब्रेकमा समस्या आएपछि मर्मतको लागि वर्क शपमा लैजानेक्रममा गाडी भीरबाट तल खसेको उनले जानकारी दिए ।

चालक माझी र अन्य यात्रुको अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रकाशित : भाद्र ९, २०८१ १४:३८
x
×