कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

टेम्पो चोरेको आरोपमा दुई जना पक्राउ

टेम्पो चोरेको आरोपमा दुई जना पक्राउ

संखुवासभा — टेम्पो चोरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले शुक्रबार दुई जनालाई पक्राउ गरेको छ । 

खाँदबारी-९ सार्कीडाँडाका हरि मंग्राती र किरण रम्तेललाई विमानस्थल सुरक्षा गार्ड तुम्लिङटारले पक्राउ गरेको हो । खाँदबारी नगरपालिका ८ विष्णेधारा टोलका हिराधन राईले आफ्नै घर अगाडि पार्किङ गरी राखेको को २ ह १५५० नम्बरको टेम्पो बिहीबार राति चोरी भएको थियो । टेम्पो शुक्रबार बिहान प्रहरीले खाँदबारी-९ भेडेटारस्थित सडकभन्दा तल दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको थियो ।

उनीहरूलाई संखुवासभा जिल्ला अदालत चैनपुरबाट म्याद थप गरेर मुलुकी अपराध संहिता, २०७४ बमोजिम अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ७, २०८१ १९:२१
x
×