कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

दिङ्लामा राष्ट्रिय परिचय पत्र वितरण सुरु 

दिङ्लामा राष्ट्रिय परिचय पत्र वितरण सुरु 

भाेजपुर — भाेजपुरकाे उत्तरी क्षेत्र दिङ्लाबाट राष्ट्रिय परिचय पत्र वितरण सुरु गरिरहेको छ । ५ भदौदेखि राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको इलाका प्रशासन कार्यालय दिङ्लाका प्रमुख विनाद अधिकारीले जानकारी दिए ।

सरकारले ०७९ असार १ देखि राष्ट्रिय परिचय पत्र वितरणको कार्य सुरु गरेकाे थियाे । सरकारले परिचय पत्र वितरण सुरु गरे पनि सेवा लिन आउने जनताले भने सहज नभएको भन्दै गुनासो गरेका छन्।

जिल्लाको उत्तरी क्षेत्रका नागरिकको लागि इलाका प्रशासन कार्यालय दिङ्लाबाट राष्ट्रिय परिचय पत्र बनाउने व्यवस्था गरेको छ। परिचयपत्र बनाउनको लागि सर्वसाधरणहरु विभिन्न स्थानबाट भेला हुन थालेका छन् ।

इलाका प्रशासन कार्यालय दिङ्लाबाट राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेपछि नागरिकलाई राहत मिलेकाे छ । सेवा सुरु भएसँगै दुई दिनकाे पैदल यात्रा गरि सदरमुकाम भाेजपुर जानुपर्ने बाध्यता हटेकाे छ ।

प्रकाशित : भाद्र ५, २०८१ १९:१०
x
×