कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

चौंरी लेकको चमक [तस्बिरहरू]

महेश केसी

रुकुम पूर्व — पहाडको थुम्कोमा मनमोहक पाटन । जहाँ छ प्रकृतिको अपार सुन्दरता । चौरमा चरिरहेका भेडाको बथान, अनि गोठालाको चहलपहल । यो हो, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका ११ स्थित, चौंरी लेक ।

हरेक वर्ष बर्खा याममा भेडा लिएर आफूहरू यहाँ आउने गरेको पुथाउत्तरगंगा–११ तकसेराका हरि सुनारले बताए । ‘बर्खाका पलालएको बुकीमा चराउन हामी भेडा सँगै गाई र घोडा समेत लिएर यहाँ आउँछौं,’ उनले भने, ‘असार अन्तिममा आएका हामी भदौको निगल्त(अन्तिमतिर) बेंसी ओर्लन्छौं ।’

समुन्द्री सतहबाट करिब ४ हजार मिटर उचाइमा रहेका यहााबाट पूर्वतिर म्याग्दी, बागलुङ र ढोरपाटन क्षेत्र, पश्चिमतिर जाजरकोट र रुकुम पश्चिम तथा उत्तरतिर डोल्पादेखि रुकुम पूर्वको शिरमा सुन्दर हिमशृंखला अनि दक्षिणतिर रोल्पाको भूगोलको अवलोकन गर्न सकिन्छ । बर्खामा बुकीले हरियो अनि हिउँदमा हिउँले सेताम्मे हुने यो सुन्दर चौंरी लेकको चमक हरेक याममा उत्तिकै रहन्छ ।

प्रकाशित : भाद्र १९, २०८१ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्