कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

रोपाइँ जात्राको रौनक [तस्बिरहरु]

डम्बरसिं राई, माधव अर्याल

खोटाङ/पाल्पा — लाखे जात्रा सुरु भएको १३ औं दिन बुधबार खोटाङ र पाल्पामा रोपाइँ जात्रा मनाइएको छ । बालबालिका, युवायवती तथा पाकाहरूले समेत रोपाइँ जात्रा मनाएका हुन् । रोपाइँ जात्राका दिन बालबालिकाको प्रस्तुति आकर्षक देखिएको छ । पाल्पामा भदौरे झरीको समेत वास्ता नगरी सदरमुकाम तानसेन र ग्रामीण बस्तीहरुमा समेत दिनभर रोपाइँ जात्रा निकालिएको छ ।

दिक्तेलमा निकालिएको रोपाइँ जात्रा । तस्बिर : डम्बरसिं राई/कान्तिपुर

बालबालिकालाई संस्कृति सिकाउन रोपाइँ जात्रामा सहभागी गराइएको दिक्तेल बजार सामाजिक गुठीका कोषाध्यक्ष इन्द्र कसजुले बताए । ‘भोलि संस्कृति धान्ने भनेको बालबालिका हो,’ कसजुले भने, ‘अहिलेदेखि नै आफ्नो संस्कृतिप्रति चासो जगाउन सकिएन भने संस्कृति लोप भएर जान्छ, त्यसैले उनीहरूलाई सहभागी गराइएको हो ।’ नेवार समुदायको मौलिक संस्कृतिको रूपमा मनाइने लाखे जात्रा गत साउन २५ गते सुरु भएको हो । मङ्गलबार दिवङ्गत भएका पितृहरूको सम्झनामा श्रद्धान्जली अर्पण गर्दै रामायण जीवनी गाएको दिक्तेल बजार सामाजिक गुठीका अध्यक्ष विष्णुकुमार राईले बताए ।

पाल्पाको तानसेनमा निकालिएको रोपाइँ जात्रा । तस्बिर : माधव अर्याल/कान्तिपुर

पाल्पाको तानसेनमा निकालिएको रोपाइँ जात्रा । तस्बिर : माधव अर्याल/कान्तिपुर

पाल्पाको तानसेनमा निकालिएको रोपाइँ जात्रा । तस्बिर : माधव अर्याल/कान्तिपुर

पाल्पाको तानसेनमा निकालिएको रोपाइँ जात्रा । तस्बिर : माधव अर्याल/कान्तिपुर

दिक्तेलमा निकालिएको रोपाइँ जात्रा । तस्बिर : डम्बरसिं राई/कान्तिपुर

दिक्तेलमा निकालिएको रोपाइँ जात्रा । तस्बिर : डम्बरसिं राई/कान्तिपुर

दिक्तेलमा निकालिएको रोपाइँ जात्रा । तस्बिर : डम्बरसिं राई/कान्तिपुर

प्रकाशित : भाद्र ५, २०८१ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्