कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

‘गणतन्त्रको अवस्था र व्यवस्थाको सटीक विश्लेषण’

भाद्र १९, २०८१
‘गणतन्त्रको अवस्था र व्यवस्थाको सटीक विश्लेषण’

'सामयिक राजनीतिमाथि मनाङेको कठोर व्यंग्य– म मन्त्री–पद बेच्दिन्छु’ शीर्षकको समाचारमा facebook.com/eKantipur बाट आएका केही टिप्पणी :

देश नै बेचिरहेका छन्, एउटा मन्त्रालय कुन ठूलो कुरा हो र ? कस्तो देशमा जन्मिएछु !
– किशोर अवस्थी

यिनको कुरालाई हाँसोका रूपमा मात्र लिन भएन । यो यथार्थ पनि हो । प्रभावकारी रूपमा काम गर्न नसक्ने, नाम मात्रैको मन्त्रालय र कार्यकर्ता रिझाउन बनाइएको मन्त्रालयको काम छैन । वास्तवमा यो राज्यशक्ति, स्रोत साधन र चरम आर्थिक दुरुपयोग हो ।
– प्रकाश पराजुली

मन्त्री बनेकालाई त वाक्कदिक्क लाइसक्यो । अब आफैं बुझ्नुहोस्, यो संघीयताबाट जनता कति खुसी होलान् ? अब ढिला नगरी स्थानीय सरकारलाई मजबुत बनाएर संघीयता खारेज गर्नुको विकल्प छैन ।
– भक्तिराम घिमिरे

यी मनाङे दाजु स्पष्ट व्यक्ति हुन् हालको राजनीतिमा । राजनीतिमा पनि व्यापार चल्छ है भनेर थाहा नभएका जनतालाई सूचित गरिदिएछन् ।
– गुरुङ ज्ञानु

नेताहरूले अहिले हाँकिरहेको गणतन्त्रको अवस्था र व्यवस्थाको सटीक विश्लेषण ।
– मोहन लामिछाने

प्रदेश सरकारै किनबेच गर्दा हुन्छ हौ । कामै नदिने के यो राख्नु ?
– तीर्थ तिम्सिना

अनि ठीकै भनेछन् त, अरूले लुकीछिपी बेच्ने गर्थे, उनले हाकाहाकी बेच्छु भनेछन् ।
–भाइराजा भण्डारी

कति हो मोल ? सस्तो–महँगो दाम पनि भनिदिएको भए हुने दाजु ?
– दीपक काफ्ले

प्रदेश खारेज नगरे देश सिद्धिन्छ ।
– सुन्दर थोकर

क्या मजाक छ नेपाली राजनीति ?
– जय विष्ट

ठीक त हो नि । कसले के नै गरेको छ र अर्थ पनि के छ र ? पद भनेको नेपालमा मेडल किनबेच गरे जस्तै त हो । सत्तामा बसरे सत्ताअनुसारको के नै काम गरेका छन् र ?
– विरस सुनाम

व्यंग्य होइन उसले बुझेको राजनीति नै त्यही हो । मन्त्री बनाउने वा हटाउने मुख्यमन्त्रीले गर्छन् भन्ने ज्ञान नभएको हो । उसले आफूलाई आजन्म मनाङको सांसद र गण्डकीको मन्त्री सम्झेको छ । आजको विकृतिमा यतिको सोचको उत्पादन समयानुकूल नै हो ।
– यादव अधिकारी

जसले जे भने पनि देशको मन्त्री र मन्त्रालयको वास्तविक अवस्था बोलेको हो ।
– राजेश खड्गी

किनबेच भएकै हो, कुरा क्लियर छ । जे बोल्यो, सत्य बोलेको हो । तिमीहरूले ल्याएको संघीय गणतान्त्रिक व्यवस्थाको उपलब्धि यही हो ।
– भूपेन्द्र रोकाया

प्रकाशित : भाद्र १९, २०८१ ०९:४२
x
×