कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

युवा पलायनको चिन्ता

भाद्र १९, २०८१

वैदेशिक रोजगार विभागले हालै सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो साउन महिनामा मात्र नयाँ तथा पुराना स्वीकृत भिसामा वैदेशिक रोजगारीमा जानेहरूको संख्या ५९ हजार ५ सय ७५ जना रहेको छ । नेपालबाट ९३ वटा मुलुकमा श्रम स्वीकृति लिएर जान पाउने कानुनी व्यवस्था छ ।

काम, माम र दामको खोजीमा सङ्ख्याका हिसाबले २०८९/८० को दाँजोमा ०८१ साउनमा सबभन्दा बढी युवा विदेश पलायन भएको तथ्यांकले बताउँछ । यस महिना सबभन्दा बढी संयुक्त अरब (यूएई) मा १७ हजार ५ सय ४१ जना युवा श्रम स्वीकृति लिएर रोजगारीका लागि गएका छन् । साउदी अरेबिया ११ हजार ८ सय ९, कतारमा ११ हजार ७ सय ८५, कुवेतमा ४ हजार ६ सय ९५ युवा रोजगारीका लागि पुगेका छन् ।

रोमानियामा २ हजार २ सय ९८, मलेसियामा १ हजार ३ सय ४४, जापानमा १ हजार ५ सय ७२, माल्दिभ्समा ८ सय ७८ र बहराइनमा ७ सय ९० युवा कामको खोजीमा पुगेका छन् । २०७८ को जनगणनाअनुसार २ करोड ९१ लाख ६१ हजार जनसंख्या भएको मुलुकबाट घरपरिवार छाडेर विदेश जाने युवाको यसरी लर्को लागेको देख्दा अब नेपालमा युवा नै नरहने हुन् कि भन्ने सबैले महसुस गर्न थालेका छन् ।

उद्योग, कलकारखाना खोलेर व्यावसायिक रूपमा आफ्नै देशमा गरिखाने वातावरण भइदिएको भए यतिका युवा विदेशिने थिएनन् । राज्यले नेपालमै गरिखाने वातावरण बनाउन नसक्दाको परिणाम हो यो ।
– तिलप्रसाद न्यौपाने, माछापोखरी चोक, काठमाडौं

प्रकाशित : भाद्र १९, २०८१ ०९:४२
x
×