कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बधाई पलेशा

भाद्र १८, २०८१

शुक्रबार यहाँ मध्यरात हुँदै गर्दा पेरिसको ग्रान्ड प्यालेसमा एउटी नेपालकी छोरीले नेपाली खेल जगत्मा इतिहास कोर्दै थिइन् । उनकै योगदानले ओलम्पिक यात्राको ६० वर्षपछि नेपालले पदक प्राप्त गरेको छ । बधाई छ, तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई । उनले पेरिस पारा ओलम्पिकका कांस्य पदक जितेकी छन् ।

यसले सारा नेपालीलाई खुसी दिएको छ । सँगै केही प्रश्न खडा भएका छन् । खेलमा सम्मिलित हुनु मात्र हाम्रो उद्देश्य हो वा जित्नु पनि ? यदि खेल जित्नु नै उद्देश्य हो भने खै त खेलाडी अनि खेलकुद संरचनामा लगानी ? आज हामी महिला खेलाडीमा त्यति नै सम्भावना पाउँछौं, जति पुरुष खेलाडीमा छ ।

अस्ति मात्र भएको महिला भलिबल होस् वा महिला क्रिकेट, हामी जितका नजिक पुगेका छौं । अझ महिला फुटबलमा त हाम्रा छोरीहरू विदेशी क्लबमा राम्रो स्थानमा खेलिरहेका छन् । अब सरकारले विभेदलाई चिर्दै खेलमा लगानी बढाउनुपर्छ । महिला हुन् या पुरुष, यी राष्ट्रका गहना हुन् । यिनको संरक्षणमा उचित व्यवस्थापनसँगै खेलपश्चात्को रोजगारीको ग्यारेन्टी गर ।
– रामकृष्ण बराल, जोरपाटी, काठमाडौं

प्रकाशित : भाद्र १८, २०८१ ०९:५७
x
×