कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तीजको महत्त्व घट्दो

भाद्र १८, २०८१

तीजको दर खाने भनेर एक महिनाअघिदेखि पार्टी प्यालेस, होटल, रेस्टुरेटमा भीडभाड देखिन्छ । सरकारी अफिस होस् या निजी कम्पनी, हरेकले दर खाने कार्यक्रम राखेका हुन्छन् । सरकारले दर खाने दिन बिदा दिएकै छ भने किन एक महिना अगाडिदेखि दरकै लागि दौडिनुपर्‍यो ? हरेका वर्ष तीजको मौलिकता घट्दो छ भनेर टिप्पणी हुने गरेका छन् ।

दर खाने भनेको तीजको अघिल्लो दिन माइतीघरमा गएर दिदीबहिनी मिलेर मीठोमसिनो खाने परम्परा हो । अहिले त फेसन बनेको छ, तीजको दर खाने । पहिले तीजका गीत सुन्दा आँखा रसाउँथे, परिवार सँगै बसेर हेर्न, सुन्न सकिन्थ्यो । अहिले गीतमा पनि विकृति भित्रिएको छ ।

तीन दिन माइत जान्छु भन्दा पनि घरबाट जान नदिने चेलीलाई तीजको महत्त्व थाहा होला, घरभन्दा बढी माइती बस्ने चेलीलाई के थाहा तीजको महत्त्व ? यस्तै रहने हो भने आउने पिँढीले दर भनेको होटल, रेस्टुरेन्टमा गएर खाने भनेर बुझ्नेछन् । हामीले आफ्नो मौलिक चाडपर्व र तिनको परम्परा नभुलौं ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : भाद्र १८, २०८१ ०९:५६
x
×