कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

युवाको आवाज सुन

भाद्र १६, २०८१

टुँडिखेल घटनाको मूल सन्देश नै शासन सत्तामा एउटै अनुहार बारम्बार नदोहोरिऊन् र शासकीय सुधारमा ध्यान देऊ भन्ने हो ।

प्रधानमन्त्री ओली चार पटक र शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्रीको कुर्सीमा बसेपछि उनीहरूको अनुहार देखे कि युवापुस्तामा एलर्जी उत्पन्न हुन थालेको छ । त्यसैको प्रतिक्रिया हो टुँडिखेलमा उनीहरू विरुद्धको हुटिङ । यो घटनालाई शीर्ष नेताहरूले गम्भीरतापूर्वक लिनु जरुरी छ । अबदेखि आफूहरू प्रधानमन्त्रीको म्युजिकल कुर्सीमा बस्ने छैनौं भनेर युवालाई सम्बोधन गर्नुपर्छ । एउटै अनुहार बारम्बार सत्ताको कुर्सीमा नबसुन्, नेताहरूले रिटायर्डमेन्ट लिऊन् भनेर नै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नेताहरूको बहिर्गमन नीति र योजना महासमिति बैठकमा ल्याएका थिए । जसमा प्रधानमन्त्री पदमा २ कार्यकालभन्दा बढी बस्न नपाइने उल्लेख छ । देउवा पक्ष यो नीतिको विरुद्धमा उत्रेको छ । दुवै महामन्त्रीले पेस गरेको प्रस्तावलगायत केही जटिल विषयमा निर्णय गर्न नसक्दा पटकपटक स्थगित केन्द्रीय समितिको बैठक भदौ १६ गते पुनः बस्दै छ । बैठकले के कस्ता निर्णय गर्छ भनेर आमजनताले हेरिरहेका छन् । पार्टीहरूको छवि र साख नै उसले गर्ने निर्णयमा आधारित हुन्छ । एउटै व्यक्ति लामो समय पदमा बस्दा तानाशाही हुने सम्भावना अधिक हुन्छ, जुन बंगलादेशमा शेख हसिनाले प्रमाणित गरिन् ।

गोपाल देवकोटा, गोकर्णेश्वर, काठमाडौं

प्रकाशित : भाद्र १६, २०८१ ०७:०६
x
×