कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै

आश्विन २, २०८१
सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै

काठमाडौँ — कांग्रेस एमालेसहितका दलको सत्ता गठबन्धनले बुधबार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
साझा कार्यक्रम तयार गर्ने मस्यौदा कार्यदलका सदस्य समेत रहेका कांग्रेस महामन्त्री गगनकुमार थापाले उक्त जानकारी दिएका हुन् । 

नयाँ सरकार बनेको दुईमहिनापछि सरकारले गर्ने साझा कार्यक्रम सार्वजनिक गर्न लागिएको हो ।

'आज साँझ नयाँ बनेको सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्नुपर्नेछ । त्यो कार्यक्रम बनाइरहेका छौँ । त्यो बनाउँदै गर्दा शिक्षा ऐन तत्काल पारित गर्छौं भनेर त्यसमा लेख्दैछौँ । लेखेर मात्रै हुँदैन, यहाँ त लेख्न चाहीँ लेख्ने तर संसदभित्रको काम हो । सरकारले चाहेर मात्रै हुँदैन' शिक्षा दिवसको अवसरमा बुधबार काठमाडौैंको मुलपानीमा आयोजित कार्यक्रममा उनले भने ।

उनले आागमी संसदको शुरुवातमै शिक्षा ऐनलाई पारित गर्नेगरी तयारी भइरहेको बताए । शिक्षा विधेयक दसैं तिहार लगत्तै शुरु हुने संसदको हिउँदे अधिवेशनको शुरुवातमै पारित गर्नेगरी अघि बढ्ने तयारी रहेको बताउनु उल्लेख गरे ।

‘शिक्षा ऐनका प्रसंग अघि उठ्यो । यहाँ आउनुपूर्वको बैठकमा त्यही विषयमा नै छलफल गरिरहेको हुनाले गर्दा त्यहीँबाट शुरु गर्न मन लाग्यो । संसदले सँगै काम गर्नुपर्छ । संसदको छाँटकाँट हेर्दै गर्दा अर्को दुई अढाइ वर्ष पारित नहुने अवस्था देखियो । त्यही भएर संसदको समितिमा यो विषयमा आफ्ना धारणा राख्दा त्यहाँको सभापतिजीलाई विशेष अनुरोध गरेको कुरा मैले टिममा शेयर गरेको थिएँ । यो असरल्ल छरेर हुँदैन, कहिले कहीँ अलिकति सुझबुझ पुर्‍याउनुपर्छ । त्यसैले अहिले दलगत हिसाबमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जो छौँ, सबै दलको शिक्षामा काम गर्नुभएको सानो एउटा समूह बनाऔँ । त्यो समूहलाई दुई महिनाको समय दिएर दशैँ, तिहार केही नभनि काम गर्न लगाऔँ । त्यसबाट धेरै टुंगिने विषय टुंगिन्छ । दशैँतिहारको लगत्तै पछि संसद शुरु भएपछि संसदीय समितिबाट प्रक्रियामा लैजाऔँ भन्ने प्रश्ताव राखेको छु । सम्माननीय प्रधानमन्त्रीज्युसहित सबैले यही बाटो सही हुन्छ भन्नुभएको छ । केही समयभित्रै शिक्षा ऐनलाई टुंग्याउनेछौँ ’ थापाले भने ।



महामन्त्री थापाले केही समयभित्रै शिक्षा ऐनलाई टुंग्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । —न्युज एजेन्सी नेपाल


प्रकाशित : आश्विन २, २०८१ १४:२२
x
×